मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

नेपाल एसबिआर्ई बैंकको नाफामा वृद्धि

बुधबार, साउन २७ २०८३

काठमाडौं(जस)–नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ४ अर्ब खुद नाफा आर्जन गरेकोे छ । गत आवमा बैंकले आर्जन गरेको नाफा अघिल्लो आर्थिक वर्षको अवधिको तुलनामा १२.८९% को बढी हो । बैंकले नाफासहित पुँजी पर्याप्तता, प्रति सेयर आम्दानी र निस्क्रिय कर्जामा समेत उल्लेख्य प्रगति गरेको छ । बैंकले गत आवमा पुँजी पर्याप्तता बढाएको छ भने निस्क्रिय कर्जा घटाएको छ । निस्क्रिय कर्जा घट्दा बैंकको नाफामा समेत उल्लेख्य सुधार देखिएको हो ।
बैंकको प्रति सेयर आम्दानी (ईपीएस) बढेर १८.०४ रुपैयाँ पुगेको छ । अघिल्ला आर्थिक वर्षको तुलनामा बैंकको यस्तो आम्दानी १२.८९ प्रतिशतले वृद्धि भएको हो । बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा ४३ आधार बिन्दुले घटाएर राम्रो सुधार गरेको छ । अघिल्लो आवको अन्तिममा ३.३५ प्रतिशत रहेको बैंकको निस्क्रिय कर्जा गत आवको अन्त्यसम्म घटेर २.९२% मा सीमित भएको छ । त्यसैगरि, बैंकले आफ्नो खुद ब्याज आम्दानी, २०८२ असार अन्त्यको तुलनामा १.३०% ले वृद्धि गर्दै ५ अर्ब २६ करोड .६० लाख रुपैयाँबाट बढेर २०८३ असारको अन्त्यमा ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८२ असार अन्त्यको तुलनामा १८.६९ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ६९ करोड ९ लाख रुपैयाँबाट २०८३ असारको अन्त्यमा २ अर्ब ६९ लाख रुपैयाँ पुर्याएको छ । बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात (सीएआर) २०८२ असार मसान्तको १२.७५ % बाट वृद्धि गरि २०८३ असारको अन्त्यमा १३.७४% पुर्याएको छ । जुन ९९ आधार बिन्दुको वृद्धि हो ।
बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.१८% बाट घटाएर ४.०६% मा ल्याउन सफल भएको छ । गत वर्षको सोही अवधिको तुलनामा ११२ आधार बिन्दुले यस्तो लागत कम भएको हो । समग्रमा, अर्थतन्त्र चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम थुप्रिदा पनि बैंकको वित्तीय नतिजाले नाफा, सम्पत्तिको गुणस्तर, पुँजीगत क्षमता तथा कोष व्यवस्थापनको दक्षतामा निरन्तर सुधार भएको देखाएको छ । बैंकले यो अवधिमा गरेको यो प्रगतिलाई राम्रो मान्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार