काठमाडौं(जस)–अत्याधुनिक एवम् प्रिमियम इलेक्ट्रिकल एसयुभी लिपमोटर ’बी०३ एक्स’ आधिकारिक रूपमा नेपाल आइपुगेको छ । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले यो बहुप्रतीक्षित इभीलाई छिट्टै एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ । ’इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ को आधुनिक अवधारणामा आधारित यस एसयुभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ ।
नेपालमा आउने बी०३ एक्समा ५३ किलोवाट–क्षमताको ब्याट्री र १४५ किलोवाट क्षमताको विद्युतीय मोटर रहनेछ । सुरूमा यो गाडीमा ९३ किलोवाटको मोटर भएता पनि युरोप निर्यातका लागि गाडीमा १ सय ४५ किलोबाटको मोटर जडान गरिएको छ । युरोप जाने गाडी नै नेपालमा ल्याउने सांग्रिला मोटर्सले जनाएको छ । गाडीमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, लेभल–२ एडास लगायतका आधुनिक सुविधा उपलब्ध हुनेछन् । एक पटकको चार्जमा करिब ४२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ ।