आइतबार, साउन १७ २०८३

आइतबार, साउन १७ २०८३

प्रभु महालक्ष्मी लाइफद्वारा उत्कृष्ट कर्मचारी र शाखा सम्मानित

आइतबार, साउन १७ २०८३

काठमाडौँ(जस)–प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले शाखा प्रमुख (ब्रान्च म्यानेजर) सम्मेलन चितवनमा सम्पन्न गरेको छ । साउन १४ देखि १७ गतेसम्म चार दिन सञ्चालन भएको सम्मेलनमा आर्थिक वर्ष २०८२÷८३ को समीक्षा, आगामी आर्थिक वर्ष २०८३÷८४ को व्यावसायिक रणनीति, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मान र क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
सम्मेलनको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आर्थिक वर्ष २०८२÷८३ मा कम्पनीले अघिल्लो वर्षको तुलनामा सन्तोषजनक व्यवसायिक वृद्धि हासिल गरेको उल्लेख गर्दै कर्मचारी, अभिकर्ता तथा बीमितप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी वर्षको रणनीति कार्यान्वयनमा आत्मविश्वासका साथ अघि बढ्न सबैलाई आग्रह गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका व्यवस्थापन टोली, प्रदेश प्रमुख, शाखा प्रमुख तथा सेल्स एक्जुकेटिभसहित देशभरबाट करिब २०० जनाको सहभागिता रहेको थियो । यस्तै, सम्मेलनका क्रममा आर्थिक वर्ष २०८२र८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रदेश प्रमुख, शाखा प्रमुख, सेल्स एक्जुकेटिभ तथा शाखाहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा आचार्य राजाबाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणले सहभागीहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा सकारात्मक ऊर्जा प्रदान गरेको कम्पनीको भनाइ छ । यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले विगतका अनुभवबाट सिक्दै सुधारसहित आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्नुपर्नेमा जोड दिए । कम्पनीका नायब महाप्रबन्धक तथा नेशनल सेल्स हेड सोनबहादुर मगरले चालु आर्थिक वर्षको व्यावसायिक रणनीति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार