काठमाडौं(जस)– प्रभु बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गत रहेको ४१ हजार ९०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । विभिन्न तीन जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीलाई खरिदका लागि ३५ दिनको समय दिँदा कुनै आवेदन नपरेपछि अब अन्य इच्छुक लगानीकर्ताका लागि खुला गरिएको हो ।
बैंकका अनुसार सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । आवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ । आवेदकले नेपाल राष्ट्र बैंकले तोकेको ‘फिट एन्ड टेस्ट’ मापदण्ड पूरा गरेको प्रमाणसमेत पेश गर्नुपर्ने बैंकले जनाएको छ । तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा बैंकले प्रचलित नियमअनुसार सेयर बिक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।