बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

शुक्रबार, फाल्गुन २९ २०८२

जुम्ला । बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचारको क्रममा मृत्यु भएको हो । उहाँलाई बिहीबार जुम्लाबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

‎‎कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी हुनु भएकी नेपालीलाई स्वास्थ्य अवस्था जटिल भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

‎‎थप उपचारका लागि सुर्खेत अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार