मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि नेकपाले थाल्यो कारबाही प्रक्रिया, प्रचण्ड-माधवद्वारा स्पष्टीकरण माग

आइतबार, माघ २५ २०८२

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाहीको प्रक्रिया थालेको छ । प्रदेशसभा सदस्य शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा संलग्न भएपछि सांसद पदबाट हटाउन नेकपा अग्रसर भएको हो ।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण मागेका छन् । माघ २२ गते २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइएकोमा शर्माले अहिलेसम्म स्पष्टीकरण नपठाएको बताइएको छ ।

उनलाई पार्टी सदस्य र संसदीय दलको सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण मागिएको हो । शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिममा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार