मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

बिहिबार, माघ १५ २०८२

तानसेन, पाल्पा, १५ माघः जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पाल्पामा २९ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा समावेश गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा नौ वटा मतदानस्थल संवेदनशील छन् । यहाँ ११८ मतदानस्थल र २५१ मतदान केन्द्र निर्धारण भएका छन् ।

पाल्पामा दुई लाख सात हजार ४३६ कूल मतदातामध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा एक लाख नौ हजार ५३ मतदाता छन् । कूल मतदातामा तीन हजार ६५० महिला पुरुषभन्दा बढी छन् । अघिल्लो निर्वाचनमा भन्दा यसपटक छ हजार ११० जना मतदाता थपिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार