आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनएमबी बैंकको शैक्षिक कर्जामा थप सुविधा

सोमबार, पुष ७ २०७६

काठमाडौं(जस)–एनएमबी बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषताहरूसहित सार्वजनिक गरेको छ । जसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ भने, १५ वर्षसम्मको अवधिका लागि सत प्रतिशत लगानी र ४ वर्षसम्मको थप बिलम्बकालीन÷ऋण स्थगन अवधि (मोराटोरियम) पनि रहेको छ ।
बैंकले ग्राहक÷विद्यार्थीहरूले विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्टट र परिस्कृत उपयोगीतामूलक प्रस्तावका साथ सहज रुपमा शैक्षिक कर्जा प्राप्त गर्न सहज हुन् भन्ने मुख्य उद्देश्यका साथ यी महत्वपूर्ण विशेषताहरू थपेको जनाएको छ ।
बैंकले सत प्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि लगानी गर्नेछ । साथै, विदेशमा अध्ययनका लागि उनीहरूको प्रायोजकको दायरालाई पनि लचिलो तुल्याएको छ, जसमा बुवा वा आमाका हजुरबुवा–हजुरआमा, सासु–ससुरासहितका ससुराली परिवार तथा काका–काकी दुवैलाई प्रायोजकका रूपमा सामेल गर्न सकिने गरी दायरा फराकिलो पारिएको छ ।यसका साथै ऋणको अवधि बढाएर १५ वर्ष पु¥याइएको छ, जहाँ ऋण स्थगन अवधि कम्तिमा ४ वर्ष वा पूरै पाठ्यक्रम अवधिसम्म कायम गरिएको छ । एनएमबी बैंकको हाल देशभरि १६३ शाखाहरू, १२८ एटीएमहरु र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार