बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

वैरो व्यवसायी संघद्धरा अभिमुखिकरण तालिमको पाठ्यक्रममा आवश्यक सुधारको माग

मंगलबार, बैशाख १७ २०७६

काठमाडौं(जस)– वैदेशिक रोजगारमा जानेहरुका लागि दिइने अभिमुखिकरण तालिम पाठ्यक्रममा आवश्यक सुधार गर्न नेपाल बैदेशिक रोजगार व्यवसायी संघले बैदेशिक रोजगार बोर्डमा सुझाव पेश गरेको छ । बोर्डले परिमार्जन गर्न लागेको अभिमुखिकरण पाठ्यक्रममा कामदारका कारण आउने समस्या सम्बोधन हुनेगरी विषयवस्तु समावेश गर्न संघले माग गरेको हो । हाल रोजगारदाता कम्पनीमा पुगेपछि करार पुरा हुनु अगावै व्यक्तिगत कारण स्वदेश फर्कन चाहने श्रमिकको कारण रोजगारदाता कम्पनी र बैदेशिक रोजगार व्यवसायीले अनावश्यक समस्या र आरोप खेप्नु परेको संघले जनाएको छ । तोकिएको काम, तलब, सेवा सुबिधा प्राप्त गर्दा समेत व्यक्तिगत कारण करार अवधि अगावै कम्पनी छोडि स्वदेश फिर्ता हुन चाहने कामदारले रोजगारदाता कम्पनीलाई तोकिएको शुल्क क्षतिपुर्ति दिई स्वदेश फिर्ता हुनुपर्ने बिषय पाठ्यक्रममा समाबेश गर्न सुझाव दिएको छ ।
साउदी अरबलगायत खाडी राष्ट्रहरुबाट कामदार नेपाल फर्किंदा भिषा शुल्क ८ हजार रियल, रेजिडेन्ट परमिट हवाई टिकट आतेजाते करिब ३ हजार रियल रोजगारदाताको खर्च हुने गरेको संघले जनाएको छ । त्यस्तै मलेशियाको लागि लेबि शुल्क कार्यक्षेत्र अनुसार १२०० देखि १८०० रिङगेट रोजगारदाताको खर्च हुने गरेको संघले जनाएको छ । युरोपका रोमानिया, पोल्याण्ड, साइप्रस, माल्टा, टर्की, चेक रिपब्लिक लगायत देशका लागि भिषा खर्च १ हजार देखि १५ सय युरो सम्म खर्च हुने गरेको संघले जनाएको छ । मकाउ, जापान, हङकङको लागि भिषा खर्च १ हजार देखि १५ सय अमेरिकी डलर सम्म रोजगारदाताको खर्च हुने गरेको संघले जनाएको छ ।
नेपालबाट प्रस्थान गर्दा जुन कम्पनी वा गु्रप अफ कम्पनीको लागी श्रम स्वीकृति लिएको छ सोही कम्पनीमा काम गर्ने, कम्पनी परिर्वतन गर्न चाहेमा शुरुमा काम गरेको कम्पनीको सहमतिमा कम्पनी परिर्वतन गर्ने बिषय पाठ्यक्रममा समाबेश गर्न संघले सुझाव दिएको छ । बैदेशिक रोजगारमा जाने श्रमिकलाई सम्वन्धित मुलुकको श्रम ऐन नियम कानुनसम्बन्धी जानकारी गराउंदा रोजगारदाता कम्पनी छोडी अन्यत्र भागी, लुकीछिपी काम गर्ने कार्य गर्दा प्रहरी प्रशासनबाट धरपकड हुने, पहिलाको कम्पनीले चोरी जस्ता आरोप लगाई प्रहरीमा उजुरी दर्ता गराउने कारण पछि स्वदेश फर्कदा ठुलो समस्यामा आउने गरेको भन्दै यो विषय पाठ्यक्रममै राख्न संघले माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार