बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एमाले नेता सुहाङ नेम्वाङले इलाम २ मा आफ्नो उम्मेद्वारी दर्ता गराए

मंगलबार, माघ ६ २०८२

इलाम । पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दै गएका एमाले नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम २ मा आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको छ । अघिल्लो पटक उप(निर्वाचनमा निर्वाचित नेम्वाङलाई एमालेले इलाम(२ का लागि एकल उम्मेदवार सिफारिस गरेको थियो ।

यसअघि सोही क्षेत्रबाट निर्वाचित नेम्वाङ् गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी हुनुभएको थियो । नेम्वाङ्का निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले सो निर्वाचनमा २२ हजार ९ सय ४२ मत ल्याउनुभएको थियो ।

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलहरूको गठबन्धनलाई पराजित गर्दै विजयी बनेका नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता पछि आफ्नो क्षेत्रका लागि धेरै अधुरा र अपुरा काम गर्न बाँकी रहेकाले पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको बताउनुभयो ।

उता इलाम –१ मा नेकपा एमालेका काजीमान कागतेले उम्मेदवारी दर्ता गराउनुभएको छ । यसअघिका निर्वाचनमा इलामका दुवै क्षेत्रमा नेकपा एमाले विजयी हुँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार