काठमाडौं(जस)–जाडो मौसमलाई लक्षित गर्दै नेपालको अन–डिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकाका घर तथा कार्यालयका लागि प्रोफेशनल गिजर मर्मत तथा जडान सेवा सुरु गरेको छ । यो सेवा एक हजार रुपैयाँबाट सुरु हुने भेटायोले जनाएको छ । जाडो सुरु भएसँगै गिजर बिग्रने, पानी ढिलो ततिने, अनौठो आवाज आउने, अत्यधिक बिजुली खपत हुने र करेन्ट लाग्ने जस्ता समस्या बढ्ने गरेका छन् । यस्ता समस्याले दैनिकी असहज बनाउने भएकाले गिजरको नियमित सर्भिसिङ आवश्यक हुने विशेषज्ञहरू बताउँछन् ।
गिजर निरन्तर प्रयोग हुने उपकरण भएकाले ६ महिनामा एकपटक वा कम्तीमा वर्षमा एकपटक सेवा गर्नुपर्ने सुझाव दिइएको छ । भेटायोले अनुभवी र प्रमाणित प्राविधिकमार्फत गिजरको सम्पूर्ण निरीक्षण, हीटिङ कोइल र थर्मोस्ट्याट जाँच, तार तथा जडान परीक्षण, स्केलिङ हटाउने र पूर्ण सफाइ, सुरक्षा जाँच तथा नयाँ गिजर जडान सेवा प्रदान गर्ने जनाएको छ । नियमित सर्भिसिङले गिजरको आयु बढाउने, बिजुली खर्च घटाउने र सुरक्षा जोखिम कम गर्ने कम्पनीको दाबी छ । सेवा कम्पनीको वेवमार्फत वा फोनमा सम्पर्क गरी सजिलै बुक गर्न सकिने भेटायोले जनाएको छ ।