आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

केपी ओली र प्रचण्डबीच भेटवार्ता, चुनावी तालमेलसहितका विषयमा छलफल

आइतबार, पुष २० २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार बिहान ललितपुरमा भेटघाट भएको प्रचण्डका सचिवालय सदस्य गोविन्द आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार, ओली र प्रचण्डले चुनावी तालमेलका विषयमा पनि छलफल गरेका थिए । “चुनावी तालमेलसहितका विषयमा पनि छलफल भएको छ,” आचार्यले भने ।

आउँदो माघ ११ गते राष्ट्रियसभा र फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । चुनावी गठबन्धनका विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच संवाद जारी रहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार