मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

निर्वाचन अधिकृतको कार्यालय स्थापना

बुधबार, पुष १६ २०८२

सुदूरपश्चिम, १६ पुसः राष्ट्रियसभा सदस्य पदका लागि सुदूरपश्चिम प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरी धनगढीमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कैलाली जिल्ला अदालतका न्यायाधीश एवं निर्वाचन अधिकृत भुवनसिंह थापाले कार्यालयको उद्घाटन गर्नुभयो । सो अवसरमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे जानकारी गराउनुभएको थियो ।

उहाँले भन्नुभयो, “कार्यालय परिसरमा एक मतदानस्थल र दुई मतदान केन्द्र स्थापना हुन लागेको छ । यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।” उहाँका अनुसार आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुखरउपप्रमुख एवं अध्यक्षरउपाध्यक्ष मतदाता रहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य ९एक महिला र एक पुरुष०को पदावधि सकिन लागेकाले ती पदका लागि निर्वाचन हुन लागेको निर्वाचन कार्यालयका प्रमुख प्रमुख भट्टले बताउनुभयो । यस निर्वाचनमा ५२ जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन् ।

प्रदेशसभाका एक सदस्य निलम्बनमा छन् भने सबै ८८ पालिका तहका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्ष गरी एक सय ७५ मतदाता छन् । पालिका तहका एक मतदाता पनि निलम्बनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार