-वि.वि.याक्खा
अहिले Gen-z पुस्ताको २०८२ भाद्र २३ र २४ गते भएको जुन आन्दोलन पछि एमाले पाटीको ११ औँ (रास्ट्रिय अधिवेशन) यहीँ २०८२ मंसिर २७-२९ सम्म भक्तपुर (सल्लाघारी) र केही सत्र काठमाडौमा हुने गरेर चलिरहेको छ।
यो १०औँ महाधिवेशन( रास्ट्रिय अधिबेशन )२०७८ मंसिर १० देखि १२ सम्म चितवन सौराहामा भए यताको हो। मलाई लाग्छ मलाई जानकारी रहेसम्म नेकपा(एमाले ) को यो चलिरहेको महाधिवेशनको मुख्य उद्देश्य यदि म गल्ती छैन भने पाटी नेतृत्व र पदाधिकारीको निर्वाचन र महाधिवेशन कार्यबाहक कार्यक्रम संन्चालन नै हो।
नेकपा एमाले राजनैतिक शक्तिको रूपमा भन्नुपर्दा पक्कै पनि लामो समयको कालखण्डसँगै विभिन्न उत्तरचढावहरु पारगरेर यहाँसम्म आईपुगेको शक्ति हो।
पुस्पलाल श्रेष्ठ ,निर्मल लामा साथै मदन भन्डारी, मनमोहन अधिकारीहुँदै बर्तमान अवस्था आईपुगेको छ।यस पाटी देश र जनताको मुक्तिको लागि भनेर समाजवादहुँदै साम्यवादतर्फ भन्ने कम्युनिस्टको नारालिएर नै बर्गिय मुक्तिको लागी भनेर धेरै समयको अगावै रन्त कुमार बान्तावा, बिरेन राजवंशी लगायत अन्य सहिदहरुको रगत बगेपछि त्यसै जगमा उभिएर साथै मदन भण्डारीको जबज
( जनताको बहुदलीय जनवाद)लाई पनि मार्गदर्शक विचारको रुप लिएर अगाडि बढदै साथै एमाले जनहरुले आईरहेको कुरा बताईरहेको छ।यहीँ क्रममा मुलुकको नै ठुलो राजनैतिक दलको रूपमा आफूलाई चिनाउदै आईरहेको कुरा पनि यसै पाटीको चुनाव चिन्ह घाम झैँ छर्लङ्ग देखिएको नै छ,यो कुरा एमाले एक्लै भारी जनमत ल्याएर होस् वा गठबन्धन गरेर नै किन नहोस् त्यति धेरै र लामो समय यस देशको शासन सत्ता र भत्ताबाट स्थानीय तहदेखि केन्द्रिय तहसम्म नै आफुलाई बाहिर राखेको छैन यसैले पनि नेकपा (एमाले) पाटीको हरेक क्षेत्रमा बलियो पकट रहनु स्वाभाविक नै हो।
नेपाली काङ्ग्रेस, प्रचण्ड नेतृत्वका ठुला पाटीहरु देशमाभए पनि नेतृत्वको प्राय सबैजसो क्षेत्रमा एमालेको नै पकट अझै पनि बलियो यदाकदा मान्नु सकिन्छ,त्यसको बलियो आधार भनेको नै उसको विभिन्न क्षेत्रमा रहेर काम गरिरहेको कार्यकर्ता साथै भातृ संगठनहरु नै हो,तर एमाले जब खड्क प्रसाद वोली उर्फ केपी ओली पार्टी नेतृत्वसाथै सरकारको नेतृत्वगर्ने स्थानमा पुगे त्यसपछि उनी पाटीमा होस् वा सरकारमा राम्रोसँग हावी हुन पुगे,यसैको परिणामस्वरूप पाटीभित्र आफूले जे बोले पनि जे गरेपनि हुने आफ्नो बोली र आफूले बोलेको शब्द वा बाक्यहरु नै विधानको रूपमा एकलौटी र मनोमानी हिसाबले सबैलाई पारितगर्नु र मान्नैपर्ने तानाशाही प्रवृत्तिको बिकासगरे यदि उसको विरुद्धमा कोही बोले या उनको बराबरीमा कोही देखिन र उभिनु चाहेमा डाक्टर भिमरावल, माधव नेपाल, साथै झलनाथ खनाल साथै घनश्याम भुसालहरु जस्तै बनाएर नै छाड्छ्न जुन कुरा तपाईं हामी प्रष्ट रूपमा नै सबैले देख्दै जान्दै आईरहेको कुरा नै हो।
नेकपा (एमाले ) राजनैतिक शक्तिभित्रको घेरोमा रहेर त्यहाँ रहने र अटाउनेहरुले बा को गुणगान र भक्तिभजन जसले राम्रो (महेस बस्न्यात) ले जसरी गाउन सक्छन् त्यस्ता त्यस्तै पात्रहरु मात्रै उनको नजिक र बिश्वासको पात्र बनेको देख्नु सकिन्छ,बा नेतृत्वमा आइसकेपछि देशभित्र सत्ताको बाघडोर समाल्ने ठाउँमा आफू नेतृत्वको पाटी सरकारमा सामेल भएको समय समयमा विभिन्न घोटाला सम्बन्धमा दमकमा ठडिएको भ्युटावरको उचाइभन्दा पनि झन्डै अग्लो चाङहरु थुप्रो चाङ्गलाग्दा पनि हरेक आफू निकटका कर्मचारी,कालो धन्दा चलाउने उद्योगी ब्यापारी साथै कर्मचारी लगायत आफ्नै मन्त्री र कार्यकर्ता मात्रै आफैलाई खडा भएको गम्भीर प्रश्नको कुनै जवाफ नदिई उखान टुक्काको भरमा वा आफ्नो मातहतको लेखक पत्रकार होस् वा वकिल न्यायाधीश लगाएर चोखिने साथै चोख्याउने काम भने गरिनै रहे।
पछिल्लो घटनाक्रमलाई लिने भनदेखि जतिबेला एमाले र काङ्ग्रेस दुई ठुला राजनैतिक र सांगठनिक रूपमा प्रतिस्पर्धी दलको दुइ तिहाइको बलियो गठजोडको सरकार निर्माण भो!
जसको नेतृत्व एमाले पाटी अध्यक्ष केपी वोलील र काङ्ग्रेस सभापति शेर बादुर देउवा आलोपालो गरेरगर्ने सर्त मुताविक नै प्रधानमन्त्रीको रूपमा केपी वोलीले नै गरेका थिए,उनले आफू सरकार समालिरहेको अवस्थामा आफ्नो र आफ्नो नेतृत्वमा भएको सरकार र सरकारले गरेको गलत कामको कसैले आलोचना गरेमा वा आफूहरुको हित बिपरित कुनै पनि हर्कत गरेको खण्डमा मात्र लेखेको प्रचार प्रचारगरेको कतैबाट सुईको मात्रै पाएमा कि जेलको हावा खुवाए नत्र त्यो बमोजिमको केही झुठो मुद्दा लगाई कामकारबाही चलाए। यसैले पनि वोलीको शैली र प्रवृत्ति निरङ्कुशसँगै तानाशाही नै देखिन्छ।
२०८२ भाद्र २३ र २४ अगाडि आफ्नो विरुद्धमा जनताले बोल्यो साथै लेख्यो भनेर जनताले लोकतान्त्रिक गणतन्त्रमा जनताको मौलिक हक अधिकार माथि वोलीको ठाडो आदेशमा तत्कालीन संन्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सन्जालको एपहरु बन्द गरायो।त्यसपछि अहिलेको नयाँ युवा पुस्ता जो सामाजिक संन्जालसँगै खेलेर साथै देखेर हुर्केका छ्न जसको हरेक पढ्न पाठन,काम कारबाही साथै केही सिक्ने साथै सिकाउने समाज अनि देश देखि दुनियाँसम्मको ज्ञान संन्जालमार्फत नै राख्ने गर्दछ्न,त्यहीँ कुरा माथि अंकुशलगाउन खोज्दा सरकार निर्मम साथै गैरजिम्मेवारहुँदा जेन्जी आन्दोलनको आधीहुरीले सरकार त ढल्यो ढल्यो नै साथमा कलिला स्कुल र क्याम्पस पढ्ने नानीबाबुहरुको ज्यान गयो।
कयौं घाइते अबस्थामा छ्न् भने अरबौँ राज्यको सम्पत्तिहरु नस्ट भयो यसमा देश र जनताको विपरीत चल्नु साथै वोलीको दम्भको पनि ठुलो हात छ।
यसैले अहिले चलिरहेको नेकपा(एमाले) को रास्ट्रिय अधिवेशले सतरी बर्षको हदम्याद नाघिसक्दा पनि निरन्तर एउटै ब्याक्तीको अध्यक्षता स्विकार्दैजाने अन्य पाटीको इमानदार साथै क्षमतावान नेताकार्यकर्तालाई नेतृत्वगर्ने स्थानमा नपुर्याउने र जबज अनुसार नचल्ने हो भने संगठन भित्रको लोकतन्त्र र मौलिक अधिकार सुनिश्चित गरेको कहाँ देख्न र भेट्न् सकिन्छ,यस्तै निरङ्कुश र तानाशाही प्रबृतिलाई नै साथ दिईरहने हो भने राजतन्त्र र नेपाल कम्युनिस्ट पाटी एमाले र राजतन्त्र बीच आखिर फरक चाहिँ के देखियो त?
राजतन्त्रमा कुनै पनि राजा आफू जिवित रहेसम्म आर्यघाट नपुगेसम्म उसले अवकाश लिँदैनन् र त्यो अनिवार्य पनि हुँदैन। तर एउटा आफैंले आफैंलाई कम्युनिस्ट पाटी बताउने बिधि र बिधान मुताविक चल्ने पाटीमा पनि राजतन्त्रकै शैली अपनाउनु परिवर्तनको कुनै रुप रेखा नकोर्नु र विकल्प नसोच्नुलेगर्दा पनि उस्ता उस्तै देखियो भन्नुमा तेत्रो ठुलो गल्ती गरियो जस्तो लाग्दैन।यसैले नयाँ नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले वोलीसँग सिधा आँखा जुधाएरहेर्ने सिङ्ग जुधाउने हिम्मत र साहास देखाएका छन् ,के तमाम नेताकार्यकर्ताले नयाँ नेतृत्वलाई साथ देलान् त? पक्कै केहीले साथ देलान्,तर एमाले भित्र अझैसम्म पनि परिवर्तन नचाहने जेन्जी बिद्रोह साथै अहिलेको समय र परिवेशलाई बुझेर वा नबुझेर नयाँ बैकल्पिक उपाय रोज्नु र खोज्नु नजानेहरुको जमात निकै नै छन् यसैले पनि कतै केपीतर्फ नै पलाभारी फ़ेरि पनि नहोला भन्नु सकिदैन तैपनि अधिबेशन चलिरहेको अबस्थामा अब वोलीलाई सम्मानित स्थानमा राखेर इश्वर पोख्रेललाई पनि मौका दिएर नयाँ नेतृत्व अनुरुप चल्यो भने आफ्नो जनताको नजरमा गुमाउँदै गैइरहेको नेकपा एमाले प्रतिको बिश्वास पुन फर्काउन सफल हुन्थे कि भन्ने एउटा आसा राख्ने ठाउँ चै छ। फ़ेरि पनि उनै वोली दोहोरिनगएमा उनको शैली बदलिनु साथै उनै ढर्रा र दम्भ त्याग्नु सकेनन् भने अझै ठुलो एमाले क्षति ब्यार्नुपर्ने निश्चित जस्तो नै देखिन्छ।
अन्त्यमा यदि १०औँ अधिवेशनले नयाँ नेतृत्वको चाहाना देखाएन भने ११ औँ रास्ट्रिय अधिवेशनले पनि यत्रो तामझाम साथै भागदौड गरेर पनि नेकपा (एमाले ) पाटीले केही फरक सोचेर नयाँ नेतृत्व चयनगर्ने हिम्मत जुटाउन कदापि सक्दैन नै भने यो सब गर्नुको पछाडि आखिर महाधिवेशनको औचित्य नै के? चलिरहेको महाधिवेशनको भने एमाले जनमा शुभकामना व्यक्त गर्दछु।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij