आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र महानगरीय ट्राफिक महाशाखाबीच जनचेतना मुलक कार्यक्रम सञ्चालन

शुक्रबार, मंसिर २७ २०७६

काठमाडौं(जस)– नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र महानगरीय ट्राफिक महाशाखाबीच जनचेतनामुलककार्यक्रम संयुक्त रुपमा सञ्चालन गरेका छन् ।एक हप्ता सम्मआप्रवाशन दिवस मनाउने क्रममा शुक्रबार बिहान नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र ट्राफिक प्रहरीले कोटेश्वरमा जनचेतना अभियान चलाएका हुन् ।उनीहरूले ट्राफिक नियमका बारेमा सर्वसाधारण र चालकहरूलाई पालना गराउने बारेमा जानकारी गराएका थिए ।बालाजु, गौशाला, एअरपोर्ट, कलंकीमा जनचेतना कार्यक्रम गरीएको लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्वअध्यक्ष एवम् वैदेशिक रोजगार व्यवसायी प्रज्ञान न्यौपानेले जानकारी दिए ।वैदेशिक रोजगार व्यवसायी संघका सचिव मेघनाथ भुर्तेलको नेतृत्वमा संघका महासचिव सुजित श्रेष्ठ लगायत सल्लाहकार विमल ढकाल, प्रज्ञान न्यौपाने, कृष्ण जैशी, माधव भुर्तेल, असगर अलीलगायतको उपस्थिति रहेको थियो ।                     

प्रतिक्रिया
सम्बन्धित समाचार