आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमाले महाधिवेशन : यस्तो छ केपी ओलीको प्यानल

सोमबार, मंसिर २९ २०८२

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको पक्षले नेतृत्वका लागि उम्मेदवारको नाम टुङ्ग्याएको छ ।

अध्यक्ष ओलीले उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल, पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवालीलाई उम्मेदवार बनाउने भएका छन् । त्यस्तै, ओली पक्षले महासचिवमा शंकर पोखरेललाई दोहोर्‍याउने भएको छ ।

जारी एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नेतृत्व चयनका लागि आज मनोनयन दर्ता कार्यक्रम रहेको छ ।

ओली प्यानल :

अध्यक्ष– केपी ओली

उपाध्यक्ष– विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली

महासचिव– शंकर पोखरेल

उपमहासचिव– रघुवीर महासेठ, भानुभक्त ढकाल, विष्णु रिमाल

सचिव– लेखराज भट्ट, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत, राजन भट्टराई ।

प्रतिक्रिया
सम्बन्धित समाचार