आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

छायाँ सेन्टरमा मंसिर २७ गतेदेखि ‘क्रिसमस मार्ट २०१९’हुने

बिहिबार, मंसिर २६ २०७६

काठमाडौँ(जस)–क्रिसमस डे नजिकिँदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा ‘क्रिसमस मार्ट २०१९’ आयोजन हुने भएको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रबद्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईसवर्ग सोसाइटी नेपाल र इभेन्ट शोलुसनको आयोजनमा मंसिर २७ देखि २९ गतेसम्म तीन दिनसम्म संचालन हुने क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिईन् । क्रिसमस मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालन हुने जनाएको छ ।
उक्त कार्यक्रमको जमर्न दुतावासका डेपुटी चिफ अफ मिशन डा. क्लाउडिया हाईपले मंसिर २७ गते शुक्रबार ४ बजे उद्घाटन गर्ने क्रार्यक्रम रहेको छ । ठमेल स्थित छाँया सेन्टरमा आयोजना हुने क्रिसमस मार्टमा स्वप्न सुमन, द ट्रिपलेटस् , लु सिड ड्रिम्स तथा प्रितिका थापा मगर लगायतको लाइभ प्रस्त्ुति रहने आयोजक संस्थाका अध्यक्ष विजय सागर प्रधानले ले जनाएको छ ।
साथै नजिकदै गरेको क्रिमसश डे लाई लक्षित गर्दै विभिन्न स्टलहरु पनि रहने छन् । विभिन्न परिकारका खाना, बेकरी, डेकोरेशन, शान्ता क्लज, किड जोन लगायत आर्कषक उपहार समेत रहने छ । हरेक बर्ष डिसेम्बर २५ का दिनमा विश्वभर क्रिसमश डे मनाउने गरिन्छ । नजिकदै गरेको क्रिसमस डे र नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा गरिएको यस कार्यक्रमले नेपालको पयर्टन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार