आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्रीको आह्वानमा निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु

शुक्रबार, मंसिर १९ २०८२

काठमाडौँ, १९ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक आह्वान गर्नुभएको हो ।

बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा केन्द्रित रही छलफल भइरहेको छ ।

बैठकमा नेपाल सरकारका मन्त्रिहरु, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी रहनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय, सुरक्षा निकायका प्रमुखसमेत रहनुभएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ ।

निर्वाचनका लागि आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । निर्वाचनमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार