आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआईसी एशिया बैंकका ग्राहकलाई छुट

मंगलबार, मंसिर २४ २०७६

काठमाडौं (जस)–एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौं स्थित द्वारिकाज होटल बत्तिसपुतलीसँग विशेष छुटसम्वन्धि सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेण्टहरुमा १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता बमोजिम बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज गु्रपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १०५ सम्म छुट र बत्तिसपुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५५ सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र द्वारिकाज गु्रपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले सम्झौतापत्र आदानप्रदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार