आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

औषधिका समस्या चाँडै सम्बोधन गरिने

सोमबार, मंसिर १५ २०८२

काठमाडौँ, १५ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसमक्ष नेपाल औषधि थोक व्यवसायी सङ्घले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमललाई सङ्घका अध्यक्ष गणेश नेपालको नेतृत्वमा भएको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।

सो अवसरमा मन्त्री गौतमले औषधि व्यवसायीका पछिल्लो पटक देखिएका समस्याबारे आफू जानकार रहेकाले माग सम्बोधन गरिने बताउनुभयो । उहाँले औषधि व्यवसायीका समस्याबारे आफूले मन्त्रालयमा पनि छलफल गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सहमति सहकार्यमा विश्वास गर्छौँ । थोक व्यवसायी सङ्घले राखेका कुरा सहज रुपमा लिएको छु । समस्या समाधान उन्मुख छ ।”

सङ्घले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ कार्यान्वयन स्थगन गर्नका लागि ध्यानाकर्षणपत्र बुझाएका थिए । ध्यानाकर्षणपत्रमा नवीकरण प्रक्रियालाई डिजिटल, पारदर्शी, छिटो तथा व्यवसाय मैत्री प्रशासनिक ढिलाइ र प्रणालीगत कमजोरीहरू पूर्ण रूपमा न्यूनीकरण गर्न आवश्यक कानुनी/प्राविधिक संरचना अविलम्ब कार्यान्वयन गर्न माग गरिएको छ ।

औषधि ऐनको दफा ११ को उपदफा (३) अन्तर्गत दोब्बर दस्तुर तथा समयसीमाको विषयमा समेत पुनरावलोकन गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार