मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुर्खेतमा सुरु

सोमबार, मंसिर ८ २०८२

सुर्खेत । उत्तर पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध २४ जना सञ्चारकर्मीहरूको सहभागितामा “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

उक्त कार्यक्रम आजदेखि श्री उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतमा सुरु भएको हो।

कार्यक्रमको शुभारम्भ गर्दै उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दिपेश जंग शाहले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्नुकासाथै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।

चार दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरणका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयहरूमा अन्तरक्रिया समेत सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार