आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ग्लोबल आइएमई बैंकका ग्राहकलाई रुपाकोट रिर्सोटमा १५ प्रतिशत छुट

मंगलबार, मंसिर १७ २०७६

काठमाडौं(जस)–ग्लोबल आइएमई बैंकका ग्राहकले रुपाकोट रिर्सोटको विभिन्न सेवा तथा सुविधामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोटका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा सो मात्राको छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघरसंस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ एटिएम, १९५ शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार