आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

काभा महिला यू–१९ भलिबल : माल्दिभ्सलाई हराउँदै नेपालको लगातार दोस्रो जीत

बिहिबार, कार्तिक २० २०८२

काठमाण्डौ – श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

श्रीलङ्काको कोलम्बोमा रहेको सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा आज भएको लिग चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । नेपालले माल्दिभ्सलाई २५–७, २५–१० र २५–११ ले हरायो ।

यसअघि नेपालले दोस्रो खेलमा घरेलु टोली श्रीलङ्कालाई हराएको थियो भने पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो ।

प्रतियोगितामा ४ वटा टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि अङ्क तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ । कात्तिक २३ गते फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार