काठमाडौं(जस)–महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १७ गते बिहान बसेको बैठकले लगानीकर्तालाई १०.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
जसमध्ये बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ५.३७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंकले घोषणा गरेको उक्त लाभांश लगानीकर्ताले भने नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्रै पाउनेछन् ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।