काठमाडौं, १४ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए)काअध्यक्ष भबन भट्टले प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी तथा कृषि मेलाको उद्घाटन गरेका छन् । एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले सुरु गरेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमी तथा जैविक (अर्गानिक) खेती र कृषकलाई प्रोत्साहन गर्ने कृषि मेलाको भट्टले समुदघाटन तथा अवलोकन गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै अध्यक्ष भट्टले निकै राम्रो कामको शुरुवात भएको भन्दै केसीलगायतको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिए । भट्टले जैविक खानाले मानवीय स्वास्थ्यलाई धेरै फाईदा पुर्याउने बताउँदै नेपाल कृषि प्रधान देश भए पनि कृषिलाई अहिलेसम्म त्यति महत्व नदिएकोमा दुखेसो पोखे । उनले एनआरएनले कृषिको क्षेत्रलाई महत्व दिदै कृषि प्रवर्द्दन समिति नै बनाएर अगाडि बढेको जानकारी गराए ।
प्यासिफिक हस्पीटालिटीले अर्गानिक खाद्य पदार्थ प्रबद्र्धन तथा बिक्री वितरण गर्ने
एनआरएन कृषि प्रबर्द्दन समितिका संयोजक युवराज गुरुङ्गले देश बवकाशको लागि कृषिको बिकल्प नभएको बताउँदै कृषिको क्षेत्रमा केहि गर्नकै लागी आफुहरु खटिईरहेको बताए । गुरुङले प्यासिफिक हस्पिटालिटीले जैविक खेति र कृषकलाई प्राथमिकता दिदै सञ्चालन गरेको जैविक कृषि मेलाको सफलताको कामना गरे ।

कार्यक्रममा प्यासिफिक हस्पिटालिटीका संचालक एबं एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले कृषकको हकहित र आफ्ना कलेजका बिधार्थीहरुलाई पनि जैविक खानाका बारेमा जानकारी होस् भन्ने उद्देश्ले जैविक कृषि मेलाको आयोजना गरिएको बताए । उक्त मेलामा विभिन्न देशबाट आएका एनआरएनका पदाधिकारीहरु, कृषि बिज्ञहरु, कलाकारहरु र स्थायीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

मेलामा उपस्थित एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने एबं एनआरएनए आइसिसि सदस्य मनोज गोर्खालीले देश विकासको आधार भनेकै कृषि भएकाले सबैले कृषिलाई प्राथमिकता दिनुपर्ने बताउँदै जैविक कृषि मेलाको सफलताको शुभकामना दिएका थिए ।















