शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्यासिफिक हस्पीटालिटीले अर्गानिक खाद्य पदार्थ प्रबद्र्धन तथा बिक्री वितरण गर्ने

शुक्रबार, बैशाख १३ २०७६

काठमाण्डौ(जस)- जन्मभुमी नेपाल तर कर्मभुमी अष्ट्रेलियालाई बनाई व्यवसाय गर्दै आउनु भएका गणेश के.सी गैर आवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाका पुर्व अध्यक्ष तथा प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर हुन् । गैर आवासीय नेपाली संघ एनआरएनएको अभियान अन्तरगत प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले नेपाल अधिराज्य भरी किसानहरुले उत्पादन गरेका जैविक तथा विषादी बिहिन तरकारी तथा अन्य खाद्य बस्तुहरु औपचारिक रुपमा बिक्री वितरण गर्ने के।सी।ले जानकारी दिए । राजधानीको मैतिदेवी स्थित प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले २०७६ वैशाख १४ गते शनिवार देखि प्रत्येक हप्ता शनिबार बिहान ८ः०० बजे देखि दिनको २ः०० बजे सम्म एकेडेमीको प्रांगणमा उत्पादित अर्गानिक खाद्य बस्तुहरुको बिक्री बितरण गर्ने के.सीले बताए । साप्ताहिक रुपमा आयोजना हुने उक्त मेलामा २० देखि २२ वटा स्टलहरु रहने र स्टलमा बेकरीका परिकारहरु, बिभिन्न तरकारीहरु, हरियो सागपात, फलफुल जुस डेरीका परिकार, नेपाली कफी, हुम्लाको सिमीको दाल, मार्सी चामल, लोकल अण्डा, बिभिन्न नेपाली अचारहरु, सिस्नुको पाउडर, हिमाली जडिबुटी, जिम्बु, जौको सातु, टिमुर, मह, कोदोकोे पिठो, फापरको पिठो, मकैको पिठो, ग्रिन टी, हर्बल टी लगाएतका भान्सामा प्रयोग हुने खाद्य बस्तुहरुको साथै फुल सहितको गमला सुलभ मुल्यमा बिक्री गरिने बताए । औपचारिक उद्द्घाटन गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले २०७६ बैशाख १४ गते गर्ने अन्तराष्ट्रिय डाईरेक्टर के।सी।ले बताए । यसबाट कृषि क्षेत्रमा सम्लग्न किसानहरुलाई प्रोत्साहन हुनुका साथै एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरुलाई जैविक खाद्य बस्तुहरुको विषयमा जानकारी हुने तथा होटल, रेष्टुरेन्ट, रिसोर्ट र घरको भान्सामा अर्गानिक खाद्य बस्तुको परिकार प्रयोग गरि नेपालीहरुको स्वास्थ्य जीवनको लागि सहयोग गर्ने उद्देश्यले यस प्रकारको परियोजना संचालनमा ल्याईएको जानकारी के.सीले दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार