आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पूर्वमहासचिव धाख्वाले गरिन नाट्टाको अध्यक्षमा उम्मेदवारी घोषणा, काम गरेरै देखाउने भनाई

सोमबार, मंसिर १६ २०७६

\काठमाण्डौ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स(नाट्टा)को अध्यक्षमा पूर्व महासचिव मिहिका धाख्वाले उमेद्धवारी घोषणा गर्नुभएको छ ।

आउँदो जनवरीमा हुने निर्वाचनमा धाख्वाले उमेद्धवारी घोषणा गर्नुभएको हो
नेपाल भ्रमण बर्ष २०२० नजिकिदै गर्दा समग्र पर्यटन क्षेत्रमा सुधार गरी नाट्टालाई प्रतिष्ठीत पर्यटकीय संस्थाका रुपमा बिकास गर्न आफ्नो उमेद्धवारी रहने उहाँले बताउनुभयो ।

गन्तव्य नेपालसँग कुराकानी गर्दै धाख्वाले टुरिष्ट कसरी बृद्धि गर्ने, नेपालको पर्यटन अन्तर्राष्ट्रिय क्षेत्रसम्म बिस्तार गरी व्यावसायी र सरकारसँग हातेमालो गरी अगाडी बढ्ने बताउनुभयो ।

हाल निर्वाचनका लागि टिम तयार पार्ने कार्यमा आफु लागिसकेको उहाँको भनाई छ । जेनिथ एक्सपीरियन्स ट्राभल प्रालिका सञ्चालक धाख्वा नाट्टाको पहिलो पूर्व महिला महासचिव हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार