पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मंगलबारदेखि देशका धेरै ठाउँमा वर्षा भएको छ । बेमौसमी वर्षाका कारण कृषकले काटेको धान भिज्दा उनीहरु चिन्तित बेनका छन् । यतिबेला देशका धेरै ठाउँमा धमाधम धान काट्ने काम भइरहेका छ । नकाटेको धानमा वर्षाले ठुलो क्षती नपुर्याएपनि काटिसकेको र ठटाएर भत्र्याउन लागेको धान खेतमै भिज्दा कृषकहरुलाई चिन्ता थएिको हो । अपर्याप्त सिँचाई, रासायनीक मलको अभाव र जनशक्तिको अभावका बावजुद पनि पाकेर भित्र्याउन लागेको धान र पराल पानीले भिज्दा कृषकलाई चिन्ताले सताउन थालेको छ । सरकारले कृषकहरुलाई अनिबार्य फलफूल, तरकारी लगायतका बालीको बीमा अनिवार्य गराउन नसक्दा कृषकहरुले वर्षेनी बिभिन्न प्राकृतिक प्रकोपको सामना गरिरहनु परेको छ । यसैका कारण कतिपय कृषकहरु कृषि पेशाबाट पलायनसमेत हुँदै गएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनाङ र मुस्ताङमा मंलबार भारी वर्षा अभिलेख भएको छ । विभागका अनुसार मनाङको चामेमा पछिल्लो २४ घण्टामा ६४।४ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी मुस्ताङको जोमसोममा ५१।२ मिलिमिटर वर्षा भएको छ । पचास मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षामा मापन गर्ने गरिन्छ । अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । मंगलबार नै डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको थियो । त्यसैगरी बागलुङ, पर्वतमा २४ मिलिमिटर, प्यूठानमा २१।८ मिलिमिटर, सिन्धुपाल्चोकमा २९।६ मिलिमिटर वर्षा भएको छ । चितवनमा २३ र लमजुङमा २७ मिलिमिटर वर्षा भएको छ । हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छभने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यकामा चिसो बढे पनि वर्षा भने हल्का भएको छ ।
वर्षासँग भएको हिमपातका कारण खुम्बु पासाङल्हामु गाउँपालिकाको जनजीवन पनि प्रभावित बनेको छ । दिङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ भने नाम्चेबजार र आसपासका तल्लो क्षेत्रमा वर्षा भएको छ । गोरखाको उत्तरी भागमा पनि हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविर क्षेत्रमा सोमबार रातिदेखि भारी मात्रामा हिमपात भइरहेको छ । मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा भ्रमणमा गएका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । हिमाली क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकलाई सुरक्षित भएर बस्न र सतर्कता अपनाउन सम्बन्धित जिल्ला र स्थानीय तहले सूचना प्रकाशित गर्दै आग्रह गरेको छन् । जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसम बुलेटिनअनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना छ ।
पल्लिा डेढ–दुई दशकयता जलवायु परिवर्तनका कारण प्रकृतिमाथि नै चुनौती थपिएको छ । यसले गर्दा मानव जीवनमै खतराको संकेत देखा परिरहेको छ । तसर्थ मानिसले प्रकृतिमाथि गर्ने व्यवहारमा परिवर्तन ल्याउन जरुरी छ । जल, जमिन, जंगल र वातावरणलाई हामीले चरम उपयोग र दुरुपयोग गरेकाले गर्दा अतिवृटि, अनावृष्टि, भूक्ष्य, प्रदुषणका घटनामा वर्षेनी बढोत्तरी हुँदै आएको छ । हिमालहरु पग्लिएर काला पत्थरमा रुपान्तरण हुँदै गएका छन् । यसले गर्दा पर्यटन क्षेत्रलाई पनि उत्तिकै हानी, नोक्सानी पुर्याइरहेको छ । जलवायु परिवर्तनको मुद्धा आज नेपालको मात्र समस्या नभई विश्वव्यापी समस्याका रुपमा खडा भएको छ । यसको समाधानका लागि पुरै विश्व एक हुनुपर्छ । विश्वमा भइरहेको अस्वस्थ अणुवमको प्रतिस्पर्धा र प्रत्यक्षपणले मानव जीवन मात्र नभई धर्तीमा भएका सबै सजीव वस्तुहरुकोमा संकट सिर्जना भएको छ । यसतर्फ सबैको एक मन र एक चिन्तन हुन जरुरी छ ।