आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

बिहिबार, असोज ३० २०८२

महेन्द्रनगर, धनुषा । मधेस प्रदेश सरकारका नव नियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

जनकपुरधाम स्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिनुभएको हो ।

बुधबार पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी ९जसपा० नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० सहभागी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार