आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआईसी एशिया बैंकका ग्राहकले वीरगन्जको किरण आँखा अस्पतालमा छुट पाउने

बुधबार, असोज २२ २०८२

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले वीरगन्जमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा इएम्, म्ष्बनलयकतष्अक, क्गचनभचथ, द्यचबलमभम यउतष्अबरिल्यल–द्यचबलमभम यउतष्अब िसेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार