आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

निर्बाचनको वातावरण सृजना गर्न परिवार दलको माग

बुधबार, असोज २२ २०८२

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले निर्बाचनको वातावरण सृजना गर्न नेपाल सरकारसंग माग गरेका छन्।

अध्यक्ष ढकालले बुधवार सामाजिक संजाल मार्फत धारणा सार्बजनिक गर्दै बहुलवाद र बहुदलिय संबैधानिक व्यवस्था भएको मुलुक नेपालमा राजनैनिक दलहरुको भूमिका अग्रणी स्थानमा हुन्छ भन्दै हाल निर्बाचन आयोगमा दर्ता कायम रहेका तथा नयाँ दर्ता हुने दलहरु सबैको आगामी निर्वाचनमा उत्साहजक सहभागिताको सुनिश्चितताले मात्र लोकतन्त्रलाइ थप बलियो र प्रतिस्पर्धी बनाउन सकिने बताएका छन्।

ढकालले अन्तरिम सरकारको प्राथमिकता तोकियको मितिमा शान्तिपूर्ण वातावरणमा निस्पक्ष निर्वाचन सम्पन्न गर्नु तथा मुलुकमा सुशासन कायम राख्नु भएको भन्दै तुरुन्त राजनैतिक दलहरुसंग जिबन्त संवाद गर्न, निर्वाचन आयोगलाई साधन श्रोत सम्पन्न बनाउन, सुरक्षा निकायको मनोबल उच्च बनाउन तथा मानब अधिकार र नागरिक स्वतन्त्रताको प्रत्याभूति गराउदै जेनजी आन्दोलनको जाहेज मागहरु सम्बोधन गर्न सरकरको ध्यानाकर्षण गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार