आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वर्षमा एकपटक खुल्ने हनुमानढोका दरबार क्षेत्रको तलेजु मन्दिर सबैका लागि खुला

बुधबार, असोज १५ २०८२

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न बुधबार तलेजु मन्दिरर खुला गरिएको छ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौं भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन्।

तलेजु मन्दिर बिहानैदेखि खुला रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए।

तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ। तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार