मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

हुल्लामा उपाध्यक्ष कप फुटबल आगामी शनिबारदेखि

मंगलबार, असोज १४ २०८२

हुम्ला । रानीवन युवा क्लबको आयोजनामा सिमकोट गाउँपालिकामा आगामी शनिबारदेखि उपाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ ।

लिग चरणमा हुने प्रतियोगितामा जिल्लाका नौ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइयो । प्रतियोगितामा विजयी हुने समूहले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार