आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आन्दोलनमा घाइते भएकाहरुको काठमाडौँ मेडिकलमा निःशुल्क उपचार 

सोमबार, भाद्र २३ २०८२

काठमाडौं ।  जेन-जी आन्दोलनका क्रममा घाइते भएका युवासहित प्रहरी र सर्वसाधारणको निःशुल्क उपचार काठमाडौँ मेडिकल कलेजले सुरु गरेको छ ।

नेपाली कांग्रेसका सांसद डा.सुनिल कुमार शर्मा नेतृत्वको अस्पतालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रभावित सबैलाई समान रूपमा उपचार गर्ने प्रतिबद्धता जनाएको हो ।

अस्पतालले ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको छिटो स्वास्थ्यलाभको कामना गरेको छ । यो कदमलाई सामाजिक वृत्तले मानवता र जिम्मेवारीको उदाहरणका रूपमा लिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार