जोहरबारु(मलेसिया),जोहरबारुस्थित AT Guards Security Service मा कार्यरत नेपाली सुरक्षाकर्मीहरूले चोरीमा संलग्न एक खतरनाक चोरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
धेरै दिनदेखि स्थानीय बासिन्दालाई आतंकित पार्दै आएको उक्त चोरलाई सामूहिक अभियानमार्फत समात्न नेपाली सुरक्षाकर्मीहरू सफल भएका हुन्। यस घटनाले उनीहरूको निडरता, तत्परता र जिम्मेवारीप्रतिको उच्च प्रतिबद्धता उजागर गरेको छ।
साहसिक कार्यप्रति कृतज्ञता व्यक्त गर्दै जोहर बारु प्रहरी प्रशासनले नेपाली सुरक्षाकर्मीहरूलाई प्रशंसा पत्र (Certificate of Appreciation) प्रदान गरेको छ।
सम्मान समारोहमा बोल्दै प्रहरी अधिकारीहरूले भने, “नेपाली सुरक्षा गार्डहरूले देखाएको बहादुरी र जिम्मेवारी प्रशंसनीय छ, यसले सम्पूर्ण समुदाय सुरक्षित महसुस गरेको छ।”
त्यस्तै, स्थानीय समुदायले पनि सुरक्षाकर्मीहरूको योगदानको प्रशंसा गर्दै “नेपालीहरू जहाँ पुगे पनि साहस र इमानदारीका लागि चिनिन्छन्” भन्ने प्रतिक्रिया दिएका छन्।
आफ्नो कम्पनीका सेक्युरिटीलाई जोहोर प्रहरीले सम्मान गरेकोमा गर्व लागेको जनाउदै डाईरेक्टर खगेन्द्र न्यौपानेले उनिहरुलाई कम्पनीले पनि सम्मान गर्ने बताए ।