आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

हिमालयन रिइन्स्योरेन्सद्वारा ५.८४ प्रतिशत बढी नाफा आर्जन

आइतबार, भाद्र १ २०८२

काठमाडौंं । हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ कमाइ दर्ता गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३१ करोड ३५ लाख रुपैयाँभन्दा करिब ५.८४ प्रतिशत c हो।

कोष व्यवस्थापन र इक्विटी संरचना

कम्पनीको वित्तीय स्वास्थ्यलाई सुदृढ बनाउन शेयर प्रिमियम खातामा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ यथावत राखिएको छ। हाल यसको कुल शेयर पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ पुगेको छ।

विशेष कोषहरूमा उल्लेखनीय वृद्धि भएको छ — स्पेसल रिजर्भ १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोष १९ करोड ८० लाख रुपैयाँ र रिटेन्ड अर्निङ ८२ करोड ७६ लाख रुपैयाँसम्म बढेको छ। तर, अन्य इक्विटी भने ऋणात्मक रहँदै १८ करोड ४८ लाख रुपैयाँ घाटामा देखिएको छ।

बीमाशुल्क संकलनमा मजबुत प्रगति

बीमा व्यवसायको प्रमुख सूचक बीमाशुल्क संकलनमा कम्पनीले उल्लेखनीय प्रगति गरेको छ। गत आर्थिक वर्षमा ६ अर्ब ८६ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको छ, जुन अघिल्लो वर्षको ५ अर्ब ८४ करोड ८४ लाख रुपैयाँभन्दा १७.३४ प्रतिशत बढी हो।
त्यस्तै, खुद बीमाशुल्क संकलन पनि १७.४५ प्रतिशतले बढ्दै ६ अर्ब ३७ करोड ८७ लाख रुपैयाँमा पुगेको छ। यसले कम्पनीको सञ्चालन पक्ष अझ मजबुत भइरहेको संकेत गरेको छ।

आम्दानी र बजार मूल्य

वित्तीय विवरणअनुसार हिमालयन रिइन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी बढेर १२. ७९ रुपैयाँमा पुगेको छ, अघिल्लो वर्ष यो १२.६३ रुपैयाँ थियो। प्रतिशेयर नेटवर्थ १५५.०९ रुपैयाँ रहेको छ भने कम्पनीको पीई अनुपात ७१.९७ गुणा पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार