आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सिटिजन्स बैंकको मधेश प्रदेशमा लिडरसिप कार्यक्रम सम्पन्न

बुधबार, साउन २८ २०८२

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना शाखा प्रबन्धक तथा अन्य सहकर्मीहरूलाई लक्षित गर्दै ‘मधेश लिडरसिपः ड्राइभिङ्ग पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार आयोजना गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, उप–प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा उक्त सेमिनार सफलतापूर्वक सम्पन्न भएको बताइएको छ ।सेमिनारमा चालु आर्थिक वर्षका स्थानीय प्राथमिकताहरूमा सहमति जुटाउँदै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो छलफल भएको थियो । मधेश केन्द्रित यस कार्यक्रमलाई बैंकले अन्य प्रदेशहरूमा पनि प्रदेश स्तरमा सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार