आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एभरेष्ट बैंकको खुद नाफा ३३ प्रतिशतले बढ्यो

सोमबार, साउन २६ २०८२

काठमाडौं(जस)–एभरेष्ट बैंकको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा वृद्धि भएको हो । गत आवमा कम्पनीले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा कम्पनीको नाफा ३३ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोड रुपैयाँबाट वृद्धि भएर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ भने फि तथा कमिसनबाट हुने आम्दानी १ अर्ब ३४ करोड रुपैयाँबाट १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ९ अर्ब २२ करोड रहेको खुद सञ्चालन आम्दानी गत वर्ष ११ अर्ब ३२ करोड पुगेको छ । खराब कर्जा ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ९९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा रहेको छ । सो अवधिसम्ममा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ वितरण योग्य मुनाफा कमाएको यस कम्पनीको वितरणयोग्य प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २७ पैसा रहेको छ । अघिल्लो वर्ष वितरणयोग्य मुनाफा ३ अर्ब ३० करोड २६ लाख र वितरणयोग्य प्रतिशेयर आम्दानी २८.०६ रुपैयाँ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार