आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

नारायणकाजी श्रेष्ठ र विप्लवबीच हात्तीवनमा एक घण्टा छलफल

बुधबार, साउन २१ २०८२

ललितपुर, २१ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

श्रेष्ठको हात्तीवनस्थित निवासमा बुधबार उनीहरुबीच करिब एक घण्टा छलफल भएको हो।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विमर्श भएको श्रेष्ठले बताए।

दुई नेताबीच पार्टी एकताबारे पनि छलफल भएको थियो। श्रेष्ठले विप्लवलाई पार्टी एकताबारे माओवादी केन्द्रले गरेको निर्णयबारे विप्लवलाई ब्रिफिङ गरेका थिए।

नेकपाले यसबारे भदौ २२ गते बोलाइएको केन्द्रीय समिति बैठकमा छलफल हुने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार