मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

दुर्गा प्रसाईंलाई उच्च अदालतले पुर्पक्षको लागि छाड्न दिएको आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने

मंगलबार, साउन २० २०८२

काठमाडौं, २० साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले पुर्पक्षको लागि छाड्ने आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।

छाड्ने आदेश आएसँगै महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदर गरी पुर्पक्षको लागि प्रसाईंलाई थुनामै राख्नुपर्ने मागसहित सर्वोच्च जाने तयारी गरिरहेको प्रवक्ता एवं सहन्यायाधिवक्ता उद्दवप्रसाद पुडासैनीले जानकारी दिए।

‘कस्तो अवस्थामा धरौटीमा छाड्न, कस्तो अवस्थामा थुनामै राख्ने भन्ने त्यसमा छ। अहिले आएको आदेश त्यो कानुनी व्यवस्थाको विरूद्धमा छ,’ उनले भने, ‘तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने मनासिब आधार भएमा थुनामै राख्नुपर्ने हुन्छ।’

‘उनीविरूद्ध दायर भएका कसुर पुष्टि हुने पर्याप्त प्रमाण छ। यो अवस्थामा जिल्लाले थुनामा राखेको आदेश मनासिब थियो। उच्च अदालतले आदेश त्रुटिपूर्ण भएको हुनाले आदेश कानुन प्रतिकूल छ,’ उनले भने ।

त्यसका लागि आदेश र अरु फाइल अध्ययन गरी राय पेश गर्न महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको थियो।

१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार