काठमाडौँ, १५ साउन । काठमाडौंको सामाखुसीबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेची नगरपालिका वडा नम्बर–१० घर भएर सामाखुसी टाउनप्लानिङ नजिक बस्दै आएका ३३ वर्षीय शंकर राजवंशी रहेका छन् ।
बुधवार साँझ प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर शरण विक्रम शाह नेतृत्वको टोलीले उनको डेरा खानतलासी गरेर १०९ दशमलव २२ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
आरोपीको साथबाट ९ थान मोबाइल र ८२ हजार नगदसमेत बरामद गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दका अनुसार उनको साथबाट ६ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको छ । उनीबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको जनाइएको छ ।