मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने कञ्चनपुरका बुद्धी बहादुर तामाङ ललितपुरबाट पक्राउ

मंगलबार, साउन १३ २०८२

काठमाडौं, १३ साउन । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका २८ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका १ घर भएका ३४ वर्षीय बुद्धी बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर गोदावरी नगरपालिका १० बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार