सिन्धुली, १२ साउन । सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरबाट एउटै घरका १६ जना सम्पर्कविहीन भएपछ खोजी तीव्र पारिएको छ । स्थानीय उर्मिला हायुको परिवारका १६ जना रहस्यमय ढंगले बेपत्ता भएका वडाध्यक्ष रविन श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार घरका झ्यालढोका खुलै रहेको र गोठमा चौपाया बाँधिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय बासिन्दाका अनुसार आइतबारदेखि सम्पर्कमा नरहेको यो परिवार ऋणमा डुबेको थियो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटना रहस्यमय देखिएको बताए । ‘हामी पनि अचम्मित भएका छौँ । खोजीका लागि प्रहरी परिचालित छ,’ भुसालले भने ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले घटना रहस्यमय देखिएको बताए । ‘हामी पनि अचम्मित भएका छौँ । खोजीका लागि प्रहरी परिचालित छ,’ भुसालले भने ।
उनका अनुसार बेपत्ता भएकामध्ये एक जनाको मोबाइल रामेछापबाट स्वीच अफ भएको पाइएको छ । ‘मोबाइलको लोकेसन ट्रयाक गर्दा रामेछापबाट स्वीच अफ भएको देखियो’, उनले भने, ‘थप बुझिँदै छ ।’