काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलमा आबद्ध भएर देश र जनताको सेवा गर्ने संकल्प लिएको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भनिन्, “मैले राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन,” भण्डारीले भनिन् ।
र आफू आफ्नो विचारमा अलीकती पनी विचलित नभएको स्पष्ट पारेकी छन्। पार्टी सदस्यता नवीकरण नभएको भन्दै नेकपा एमालेले विज्ञप्ति जारी गर्ने, नेताहरूले अभिव्यक्ति दिने र केन्द्रीय समितिको बैठकबाट निर्णय भएसँगै उनले यसबारे आज पत्रकार सम्मेलन गरी जानकारी गराएकी हुन्।
‘पार्टी हजारौँ सदस्यको रगत-पसिनाले बनेको हो म यो कुरा कुनै भावनामा भनिरहेको छैन। जबजले अगाडि सारेको पार्टी निर्माणमा अघि बढ्न देशभरका एमाले कार्यकर्तालाई आह्वान गर्छु म मेरो कुरामा विचलित हुने छैन,’ उनले भनिन्, ‘निर्धक्क ढुक्क भएर रहन आग्रह गर्छु । जननेता मदन भण्डारीले उठाएका कुरा र जबजले नै एमाले मुलुकको स्थायी शक्ति बन्न सक्छ।’

उनले पार्टीलाई थप सशक्त बनाउनु अबको दायित्व भएको पनि बताइन्। ‘पार्टीलाई थप सशक्त बनाउन सामाजिक ढंगले एकता र सुदृढ गर्नु दायित्व हाम्रै हो,’ उनले भनिन्, ‘यसका निम्ति हामी सबैको निस्वार्थ प्रयास अहिलेको आवश्यकता हो। यसो हुँदा जनेता भण्डारीको विचारपालन र देशलाई समृद्ध बनाउन सकिन्छ।’