आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

युएइस्थित नेपाली दुतावासले महिनाको दुई दिन श्रम स्वीकृत दुतावासबाटै गर्ने

शुक्रबार, साउन २ २०८२

युएई,लामो समयदेखि प्रतीक्षा गरिएको श्रम स्वीकृति “दूतावासस्तरीय श्रम वैधानिकीकरण सेवा” अब युएइबाट नै पनि हुने भएको छ । दूतावासले बिहीवार आफ्नो आधिकारिक फेसबुकको पेजबाट संप्रेषण गरेको सुचनामा मासिक दुई दिन हरेक पहिलो र तेश्रो शनिबार, हाल सम्म श्रम स्वीकृति नलिएका कामदारहरुको हकमा श्रम स्विकृतिको लागि कार्यालय आउन पाउने बताएको छ।
युएइमा रहेको नेपाली जनसंख्या सग तुलनात्मक रुपमा हेर्दा दुतावासमा कर्मचारी निकैनै न्यून रहेकोले यो सेवा प्रदान गर्न महिनामा छुट्टिको समय नै सहि दुई दिन समय छुट्याएको दुतावासले जनाएको छ । हालको लागि युएइको राजधानी अबुधाबी इमारतमा बसोबास गरि रहेका नेपाली हरुले यो सुविधा लिन पाउने दुतावासले सुचित गरेको छ।
अबुधाबी दुतावास श्रोतले ज्यादा भन्दा ज्यादा सेवाग्राही हरुलाई यो सुविधा दिलाउन प्रयत्नरत रहने बताएको छ। हालको लागि बिदाकै दिनमा भए पनि  दुतावासमा आएर यो सुविधा प्रदान गर्ने र निकट भविष्यमा सेवाका दिन बढाउदै जाने बताइएको छ।
बिहानको १०:३० बजे देखि अपरान्ह १:३० सम्म मासिक दुइ शनिबार दिइने यो सेवाको भरपुर लाभ लिइ नेपाल सरकारको नियमानुसार  बैधानिक भएर काम गर्न नेपाली कामदारहरुलाइ दुतावासले अनुरोध गरेको छ। श्रम नगरेको नेपाली नागरिकहरुलाइ कानुनी रुपले सहयोग गर्न निकै असहज हुने बताउदै दुतावासले यो कार्य सम्भवतः अन्य इमिरेट्सको लागि पनि चाडै सुरु गर्ने बताएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार