काठमाडौं, २७ असार । मोरङकी अनु कार्की उर्फ स्नेहा थापाले पाकिस्तानीहरुको मितेमत्तोमा ग्रिसमा बसेर बन्धक बनाएको स्थानबाट केही नेपालीहरुलाई प्रहरीले उद्दार गरेको छ ।
उनले त्यहाँ नेपालीहरुलाई बन्धक बनाएर, फिरौती उठाएर, काम लगाएर पैसा नदिइ ठगी गरेको बारेमा पिडित नेपालीहरुले स्थानीय प्रहरीलाई खबर गरेपछि उद्दार गरेको हो । एक जना पिडितले भने, ‘पाकिस्तानीसहित अनु कार्कीले बन्धक बनाएका ३० जनालाई प्रहरीले आज उद्दार गरेको छ ।’
त्यहाँबाट जनसवालको सम्पर्कमा आएका पिडित व्यक्तिहरुका अनुसार उनले टिकटक, फेसबुक र एजेन्टमार्फत सम्पर्कमा आएका नेपालीहरुलाई ग्रिसको विमानस्थलबाटै आफ्नो कोठामा खानेकुरा तयार भएको छ, खाना खाएर केही समय आराम गरेपछि काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर बिचौलियाको काम गर्दै फिरौती उठाउने गरेकी थिइन् ।
उनले आफ्नो सम्पर्कमा आएका युवाहरुलाई दिनको १४ देखि १६ युरोमा काम लगाउने गरेकि छन् भने आफूले १२ युरो लिएर कामदारको हातमा मात्र दुई देखि चार युरो दिने गरेको पिडिहरुको दाबी छ । पाकिस्तानी नागरिकसँग विवाह गरेर बसेकी स्नेहा र उनको समूहको बाहिरी आवरण भनेको रेस्टुरेन्ट सञ्चालक हो ।
उनीहरुको सम्पर्कमा रहेर ग्रिस पुगेका पिडित नेपालीहरुको संंख्या एक हजार भन्दा धेरै छ । उनीहरुकै कारण ३० जना भन्दा धेरै नेपालीहरु यतिबेला ग्रिसको कारागारमा छन् ।
उक्त समूहले ग्रिस पुगेका नेपालीहरुको पासपोर्ट आफ्नो कब्जामा लिई ठगी धन्दा चलाउँदै आएका छन् ।
आफूहरुले तीन हजारदेखि ६ हजार युरो यो समूहलाई बुझाएको जनसवालको सम्पर्कमा आएका पिडितहरुको गुनासो छ । रकम नतिर्नेहरुलाई पाकिस्तानीहरुले बन्धक बनाउने, कुटपिट गर्ने र ज्यान लिने धम्की दिँदै आएका छन् ।
यो पनि पढ्नुहोस्,