मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रहरीले भद्रपुरमा ६ राउन्ड गोली चलाएर दुई जनालाई ब्राउन सुगरसहित समात्यो

बुधबार, असार २५ २०८२

झापा, २५ असार । भद्रपुर नगरपालिका–७ मा प्रहरीले गोली हानेर दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले शंका लागेर जाँच गर्न खोज्दा प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेपछि ६ राउन्ड गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेर हिरासतमा राखिएको छ ।

भारतको विहार राज्यअन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँलाई पक्राउ गरिएको छ ।

उनीहरुबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार