मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एक करोड ४४ लाख रुपैयाँसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ

मंगलबार, असार २४ २०८२

काठमाडौं, २४ असार । एक करोड ४४ लाख रुपैयाँसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ परेका छन् ।

सोमबार काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीको एक घरबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले स्वयम्भू बस्ने ४० वर्षका चिनियाँ नागरिक वाङ जैनलाई एक करोड ४४ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार