आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर

सोमबार, असार २३ २०८२

काठमाडौं(जस)–विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनी टिभिएसले जुपिटर ११० लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको संयोजकत्वमा स्कूटर लन्च भएको हो । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच विश्वव्यापी रूपमा दुई–दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनीले टिभिएस जुपिटर ११० सार्वजनिक गरेको हो । स्कूटरको सुरुवाती मूल्य २ लाख ५७ हजार ९०० राखिएको छ ।
यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित छ । जुपिटर ११० ले एक स्कुटर मात्र होइन, शैली, माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलनको प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । जुपिटर विश्वभरी ७० लाखभन्दा बढी प्रयोगकर्ताहरूको विश्वास जित्दै, उनीहरूको विविध आवश्यकताहरू पूरा गर्दै आएको छ । १५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरूसहितको यो नयाँ टेक–फ्रेंड्ली जुपिटर ११० नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो ।
टिभिएस जुपिटरलाई अधिकतम आराम र सुविधा सुनिश्चित गर्दै सावधानीपूर्वक डिजाइन गरिएको छ । यसमा फराकिलो ग्लोभ बक्स, अगाडिको फ्युल फिल, लामो सिट, एकै ठाउँबाट खोल्न मिल्ने लक, मोबाइल चार्जर समावेश छन् । ठूला १२ इन्चका पाङ्ग्रा र उचित व्हीलबेससँग मिलेर, नयाँ टिभिएस जुपिटर ११० ले साँघुरो ट्राफिकमा पनि निकै सहज र धेरै कम गतिमा पनि सन्तुलित यात्रा प्रदान गर्दछ ।
जगदम्बा मोटर्स नेपालमा दुई पांग्रे र व्यावसायिक सवारीसाधनको प्रमुख वितरक तथा सेवा प्रदायक कम्पनी हो । सोही कम्पनीका साहिल अग्रवाल र अखिल गुप्ताले स्कूटरको उदघाटन गरेका हुन् । जगदम्बा मोटर्सले लामो समयदेखि नेपाली बजारमा विश्वस्तरीय मोबिलिटी उत्पादनहरू ल्याउँदै आएको छ । टिभिएस मोटर कम्पनी लगायतका प्रतिष्ठित विश्वव्यापी ब्रान्डहरूको आधिकारिक डिलरको रूपमा, जगदम्बाले नेपालभरि रहेका डिलरशिप नेटवर्कमार्फत उत्कृष्ट बिक्री, बिक्रीपछिको सेवा र वास्तविक स्पेयर पाट्र्स उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार