शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कर्णाली राजमार्गमा ठुला सवारीसाधन सञ्चालनमा रोक

शुक्रबार, असार २० २०८२

सुर्खेत, २० असार । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

शुक्रबार बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार